काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रियसभामा टिकट बाँड्दा नेताको खल्तीको मान्छेलाई मात्र सिफारिश गरिएको आरोप लगाएका छन् ।
उनले यस विषयमा फरक मत दर्ज गरेको पनि जानकारी दिए।
पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकपश्चात् पत्रकारहरूसँग बोल्दै महामन्त्री थापाले आफ्नो गोजीको नेता बनाउन त्यसअनुसार क्लस्टर बाँडिएकोसमेत आरोप लगाए ।
नेताको खल्तीको मान्छे छानिएको छ। यसरी नाम आउँदा तीन जनाको नाम तल्लो कुनै समितिबाट सिफारिश भएर आएको थिएन, उनले भने।
महामन्त्री थापाले ९ जनाको नाम सिफारिस गर्दा एक जना पनि जनजाति, मुस्लिम समुदायको नाम जानीजानी छुटाइएको पनि दाबी गरे ।
व्यक्ति विशेषको नाम हाबी भयो, उनले भने, पार्टीमा एक सय एक काम गरेका साथीहरूको नाम बहससमेत गर्न पाइएन।
