संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले भेटे डा.शेखर कोइराला

काठमाण्डू, नेपाली कांग्रेसको संस्थापन समूहका २५ केन्द्रीय सदस्यको समूहले डा. शेखर कोइरालासँग भेट गरेका छन् ।

मंगलबार बिहान विशालनगरस्थितक डा. कोइरालाको सचिवालयमा उक्त समूहले डा.कोइरालासँग भेट गरेको हो ।

२ घण्टा भन्दा बढी भएको भेटमा महाधिवेशन विवादबारे मध्यमार्गी विकल्प निकाल्ने गरी डा. कोइरालासँग छलफल भएको हो ।

डा.कोइरालाले निर्वाचन नजिकिएका बेला विशेष महाधिवेशन गर्दा पार्टीलाई क्षति पुग्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।

तर, केन्द्रीय सदस्यहरुको समूहले भने निर्वाचन अघि नेतृत्व परिवर्तन नगरी निर्वाचन जाँदा पार्टीलाई थप घाटा पर्नेबारे अवगत गराएका थिए ।

उक्त समूहले यसअघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग समेत भेट गरेको थियो ।

कांग्रेसको संस्थापन पक्षले फागुन २१ को निर्वाचनअघि महाधिवेशन सम्भव नभएको दाबी गरिरहेको छ ।

तर, संस्थापन पक्षका उदयशमशेर राणा, राजेन्द्रकुमार केसी लगायतका नेताहरुले भने विशेष महाधिवेशन गरेरै भएपनि नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *