ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति बनाउने एमाले सचिवालय बैठकको निर्णय

काठमाण्डू, नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष केपी ओलीको संयोजकत्वका घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।

मंगलवार बसेको पार्टी सचिवालय बैठकले ६ सदस्यीय घोषणापत्र लेखन समिति गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘आम निर्वाचनको तयारीको शिलशिलामा पार्टी अध्यक्ष ओलीको संयोजककत्वमा घोषणापत्र मस्यौदा समिति गठनको निर्णय भएको हो’ भट्टले भने ।

समितिमा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महामसचिव शंकर पोखरेल तथा केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र पूर्वउपमहासचिव विष्णु रिमाल सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *