राधि विद्युतको साधारण सभा स्थगित

काठमाण्डू, राधि विद्युत कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ ।

कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २२ गतेका लागि डाकेको साधारणसभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो ।

उक्त सभा ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजेदेखि आयोजना गर्ने तय भएको थियो ।

उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने कार्यसूची रहेको थियो ।

यस्तै, सञ्चालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने,आव २०८२/८३ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गर्ने तय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *