काभ्रे, काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ मा युवा नेता दिपक चौलागाईं सिफरिस भएका छन् ।
नेकपा एमाले काभ्रे क्षेत्र नं. १ बाट कोशीपारी क्षेत्रका एकमात्र युवा उम्मेदवारका रूपमा उनको नाम सिफारिस भएको हो ।
स्थानीय स्तरमा भिजेका नेताका रुपमाम रहेका चौंलागाईंको उम्मेदवारीले स्थानीय राजनीतिक वातावरण मात्र होइन, जनअपेक्षाको केन्द्रसमेत उनीतर्फ मोडिएको छ।
संघर्ष, चेतना र राजनीतिक यात्राको सुरुवात चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीमा हुर्किएका चौलागाईंले ग्रामीण जीवनका चुनौती, अभाव र सम्भावनालाई नजिकबाट बुझेका छन्।
यही जीवन भोगाइले उनी २०६० सालदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय बनेका थिए ।
उनी नारा होइन, परिणाम खोज्ने नेतृत्वका रूपमा परिचित छन् । विभिन्न सामाजिक सेवामा पनि सक्रिय चौलागाईं युवालाई संगठित गर्ने, नेतृत्व विकास गर्ने र अवसर सिर्जना गर्ने उनको भूमिकालाई पार्टीभित्र मात्र होइन, समाजले पनि सकारात्मक रूपमा लिएको देखिन्छ।
