राष्ट्रियसभा निर्वाचनमा ‘तालमेल’ बारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाण्डू, नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकको मुख्य एजेण्डा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार तय गर्ने विषय रहेको छ ।

अध्यक्ष केपी ओलीले निर्वाचनमा तालमेलको विषयमा सचिवालय सदस्यहरूलाई ब्रिफिङ दिने तयारीमा रहेको छ ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) बीच तालमेल गर्ने प्रयास जारी रहँदा अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *