नयाँ बैंकको लाइसेन्स खुलाउन सुधार कार्यदलको सुझाव

काठमाण्डू, बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले बैंक तथा वित्तीय संस्थाको नयाँ लाइसेन्स खोल्न सकिने सुझाव दिएको छ ।

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीको नेतृत्वमा २०८२ जेठ ३० गते बनेको कार्यदलले आफ्नो प्रतिवेदनमा यस्तो सुझाव दिएको हो । 

बैंक तथा वित्तीय संस्था खोल्ने र विघटन गर्ने हालको नीतिलाई पुनरावलोकन गर्ने । कार्यदलको प्रतिवेदनमा भनिएको छ ।

हाल बैंक तथा वित्तीय संस्था खोल्न दिने स्पष्ट नीति छैन । यस्तै कुनै स्थापित संस्था विघटनसम्बन्धी नीतिमा समेत स्पष्टता छैन ।

यस्तै केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा स्तरीय विदेशी बैंक वा वित्तीय संस्थाको सेयर स्वामित्व भित्र्याउने तथा स्तरीय विदेशी बैंकहरूको सहायक कम्पनी तथा शाखा खोल्न प्रेरित गर्न समेत सुझाइएको छ ।  

बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर र सेवा शुल्कहरूको एउटै ढाँचा बनाउने र एकै ठाँउमा तुलनात्मक विवरण हेर्न मिल्ने संयन्त्रको विकास गर्न समेत कार्यदलले सुझाव दिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *