काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ ।
केन्द्रीय समिति बैठक बस्नुअघि केही बेरअघिमात्रै पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक शुरु भएको हो ।
बैठकमा पार्टी समायोजन प्रक्रिया तथा आगामी निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।
यो बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक हो ।
