साँखुस्थित शालीनदीमा एक महिने आध्यात्मिक मेला

काठमाण्डू, शनिबारबाट शुरु भएको स्वस्थानी महास्नानमा सहभागी आएका बालाजुका राजु दाहाललाई काठमाडौँको मौसम चिसो मौसम भएपनि शालीनदीमा भक्तिपूर्वक स्नान गर्दा आनन्द अनुभूति भयो ।

निक्कै प्रसन्न देखिएका दाहालको अनुहारमा धार्मिक आस्था र स्वस्थानी व्रतप्रतिको विश्वास अझ बढी झल्किन्थ्यो ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नानमा उनी जस्ता हजारौँ भक्तजन र व्रतालुले शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गर्ने छन् ।

जावलाखेल निवासी कोमल शर्माले भने, “१५ वर्षदेखि निरन्तर रूपमा यहाँ व्रत लिँदै आएकी छु, यसले झन् यस पर्वप्रति आत्मविश्वास अझ बढ्दै गएको छ ।”

काठमाडौँको उत्तरपूर्वीभेगमा रहेको साँखु शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला शुरु भएको छ ।

व्रतालुले पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर पौष शुक्ल पूर्णिमाबाट यो व्रत शुरु गर्छन् ।

संस्कृतिविद् गोविन्द टण्डनका अनुसार यो व्रत धर्म अध्यात्मप्रति आस्था स्कन्द (आकर्षण) जगाउन शुरु भएको हो ।

अबको एक महिना प्रत्येक बिहान माघस्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ भने बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ महात्म्यबारे कुमार अगस्त्यबिच भएको संवाद सुनाइन्छ ।

यो नै संवाद नै स्वस्थानी व्रत कथा हो । स्वस्थानी कथाहरू विभिन्न रूप र स्वरूप शैलीका भएपनि कतिपय कुरा परिवारजन बसेर सुन्न पनि गाह्रो छ भन्ने बेला बेलामा कुरा आइरहेको पनि उहाँको भनाइ थियो ।

उनले थप्नुभयो, “यति हुँदा पनि यसले नेपालमा भएका कतिपय तीर्थस्थलहरूको महìवका कुरा उजागर गर्ने काम ग¥यो ।”

यो कथाले शारीरिक शुद्धिदेखि लिएर मानसिक शुद्धि पनि अध्यात्ममा एकदमै जरुरी छ भन्ने सन्देश दिने उनी बताउँछन् ।

स्वस्थान भएको तीर्थहरूको महत्व छ है भन्ने र ‘नजिकको तीर्थलाई हेला नगर’ भन्ने भावना व्यक्त गर्ने हुनाले पनि यसको ठुलो योगदान रहेको उहाँले बताए ।

आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।

यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

गोकर्णस्थित शालीनदी यसै कथासँग जोडिएको मानिन्छ । त्यसैले यहाँ प्रत्येक वर्ष लाखौँ भक्तजन आउने गर्छन् ।

अघिल्लो वर्ष २० लाख भक्तजन दर्शन गर्न आएको र यस वर्ष २५ देखि ३० लाख दर्शनार्थी दर्शन गर्न आउने अनुमान गर्छन् श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंह ।

उनका अनुसार यस वर्षको माधनारायण मेलाका लागि सामुदायिक प्रहरी, प्रहरी प्रभाग, नगर प्रहरी, सिडियो स्काउट, स्थानीय र मूल समितिका मान्छेहरू बसेर भक्तजनको व्यवस्थापन मिलाइएको छ ।

यसमा लाम लागेका भक्तजनलाई छिटो र सजिलो तरिकाबाट दर्शन गराउने साथै वृद्ध र अशक्तहरूलाई लाम लाग्न नपर्ने व्यवस्था गरिएको उनले बताए ।

यहाँ दर्शन गर्न आउने दर्शनार्थीको मुख्य उद्देश्य भनेकै शालीनदीमा नुहाइसकेपछि पुण्य लाभ गर्ने र स्वास्थ्य राम्रो हुने विश्वास रहिआएको उनी बताउँछन् ।

उनले भने, यस पटक महिला र र पुरुष गरी व्रतालुहरू १८० जना छन् ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइने उनले बताए ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति बनाउन पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा पनि स्वस्थानीमा वर्णन गरिएको छ ।

व्रतपछि बिछोडमा परेका नागनागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्यदेश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको संस्कृतिविद् टण्डनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *