रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड, १८ जना भाग्यमानीले पाए ५१ कित्ता

काठमाण्डू, रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।

कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणका लागि प्रतिसेयर ८२०.८० रुपैयाँका दरले ९ लाख २४ हजार ७ सय ६८ कित्ता निष्कासन गरेको थियो ।

उक्त आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्ने व्यवस्था थियो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ५ लाख ३२ हजार ८०० जनाले आवेदन दिएका छन् ।

यसमध्ये ५ लाख १९ हजार ४६ आवेदन सदर भएको छ । कुल सदर आवेदकमध्ये १८ हजार ४९५ जनालाई ५० कित्ताका दरले ९ लाख २४ हजार ७५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

बाँकी १८ कित्ता सेयर १८ जनालाई थप एकरएक कित्ताका दरले बाँडफाँड गरिएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *