अपरिचित समूहको गोलीबाट साहको मृत्यु, सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध

इनरुवा, सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार राति सशस्त्र प्रहरी वेस क्याम्प वीओपी लौकही नजिकै पुरीटोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको विरोधमा स्थानीय पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

गोली हान्ने दोषी अपराधी वा सशस्त्र प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयले सडकमा साहको शव राखेर प्रदर्शन गरिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *