कुलमान अब रास्वपा उपसभापति रहने

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबिच ७ बुँदे सहमति भएको छ ।

सोमबार अबेर दुई पार्टीबिच सहमति भएको हो ।

उक्त सहमतिपत्रमा रास्वपाका तर्फ सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् भने उज्यालो पार्टीबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।

यता केही दिनअघि मात्रै रास्वपासँग मिल्न गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० लाई साक्षी राखिएको छ ।

सहमति अनुसार रविपछिको दोस्रो वरियतामा बालेन रहनेछन् भने उज्यालो पार्टीका संरक्षक रहेका कुलमान घिसिङलाई उपसभापति बनाउने निर्णय भएको छ ।

सहमति अनुसार रास्वपामा तीन उपसभापति रहनेछन् । कुलमान पहिलो वरियतामा रहँदा वर्तमान सभापतिद्वय डोलप्रसाद अर्याल र डा। स्वर्णीम वाग्ले रहनेछन् । यता पार्टीको नेतृत्व भने रविले नै गर्नेछन् ।

त्यस्तै पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै रहने समेतको सहमति भएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *