आन्तरिक किचलोले कांग्रेसले अझै बुझाउन सकेन समानुपातिक उम्मेदवारको सूची

काठमाण्डू, नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची अझैसम्म पनि निर्वाचन आयोगमा बुझाउन सकेको छैन।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समानुपातिक नामावली बुझाउनको लागि अहिले पनि आफूहरू निर्वाचन आयोगमै रहेको जानकारी दिए।

सोमबार दिउँसै कांग्रेस नेता मिनबहादुर विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए।

तर, पछि सूचीमा समेटिएका नाम हेरफेर गर्दा ढिलो भएको नेताहरुले बताएका छन्।

आयोगले भने कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने जनाएको छ।

कांग्रसले पनि समानुपातिक सूचीमा नयाँ अनुहारलाई प्राथमिकता दिइएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *