काठमाण्डू, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि या राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।
पार्टी शीर्ष नेतृत्वबीच सहमति भए अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिकबाट निर्वाचित भएकाहरूलाई सिफारिस नगरिने निर्णय भएको हो ।
आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन हो । देशभरका निर्वाचन क्षेत्रबाट आएका नामहरुमा शीर्ष नेताहरुले होमवर्क गरिरहेको र त्यसमा नयाँलाई समेटेर जाने निर्णय हुने पार्टी संयोजक पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गरेर आयोगले तोके अनुसार आइतबार (हिजो) र सोमबार (आज) का लागि समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका रहेको छ ।
