घट्यो सुनको भाउ, चाँदीले भने बनायो किर्तिमान

काठमाण्डू, स्थानीय बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७० हजार कायम भएको छ ।

अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ कायम थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।

यद्यपी आज चाँदीको भाउले भने नयाँ किर्तिमान बनाएको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *