नोबेल कलेज अफ हेल्थले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाण्डू, नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँको २८।५७ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको हो ।

उक्त सेयर निष्कासन कार्यका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

संस्थापक समूह अन्तर्गत करिब ७१।४३ प्रतिशत सेयर कायम रहने कम्पनीले जनाएको छ ।

फ्रन्टलाइन ब्राण्डको नामबाट काठमाण्डौको पुरानो बानेश्वरमा संचालित यस अस्पतालको हालको क्षमता १०० शैया रहेको छ भने यो अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

थप सेवा विस्तारको लागि, निर्माणको चरणमा रहेको थप २०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइने अस्पतालका लागि थप पूँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए ।

अस्पतालले हाल स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरी नसिंङ तथा फार्मेसी लगाएतका शैक्षिक गतिविधीहरु पनि संचालन गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

चिकित्सा सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको यस नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडको स्थापना विसं २०६२ पुस १९ गते भएको थियो ।

हाल यसको वार्षिक कारोवार ५० करोड भन्दा माथि रहेको जानकारी कम्पनीले जनाएको छ ।

साथै हाल यस संस्थामा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेको कम्पनीले जनाएको छ ।

आज भएको सो सम्झौतामा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशनको तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *