पोखरा, रास्वपा र बालेन शाहको सात बुँदे सहमतिमा छुटेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ सम्मानजनक अवस्थामा सहकार्य गरेर जाने पक्षमा आफू रहेको बताएका छन्।
एकताका लागि रवि बालेनसँग छलफलमा भए पनि शनिबार राति छुटेका कुलमानले पोखरा स्थित उज्यालो नेपाल पार्टीको कास्की जिल्लाको भेलामा आफू सम्मानजनक एकताको पक्षमा रहेको बताएका हुन्।
बालेन प्रधानमन्त्री पाएपछि रास्वापाका सबै कुरा स्वीकार गर्न तयार भएपनि घिसिङले भने एकतामा आफ्नो पार्टीको समेत हिस्सेदारी हुने पर्ने र प्रधानमन्त्रीको कार्यकाल बाँडफाँड हुनुपर्ने अडान राखेका थिए।
त्यहीँ कारण रवि बालेनको सहमतिमा छुटेका घिसिङ वैकल्पिक शक्तिहरु एक हुनुपर्ने र एक हुँदा सम्मानजनक हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
‘सबै एक बनाएर, सही नेतृत्वहरू, वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ। सकेसम्म एक भएर जाने, नभए एउटा कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ।
त्यो भएको हुनाले सबै नयाँ र मेनस्ट्रिम फोर्सहरू एक भएर जानका लागि पनि म आह्वान गर्छु, घिसिङले अगाडि भने, ‘उज्यालो नेपाल पार्टी सदैव एउटा सम्मानजनक उपस्थिति, आफ्नो सम्मान र आफ्नो जुन उपस्थिति छ, आफ्नो स्वाभिमान छ, त्यसलाई यथास्थितिमा राखेर, त्यसलाई चाहिँ नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ।’
उनले एकताका लागि कुरा भइहरेको पनि जानकारी दिए। उनले भने, ‘सहकार्य गरेरै अगाडि बढ्ने हो र यस तर्फ धेरै कुराहरू भइरहेको छ ।
आगामी दिनमा त्यसको रिजल्टहरू पनि धेरै आउने म चाहिँ विश्वास व्यक्त गर्न चाहन्छु।’
