काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताएका छन्।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको तीन दलका शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसलगायत सबै पार्टी चुनावमा जान तयार रहेको बताएका हुन्।
उनले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताए। सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए।
देउवाले भने, ‘सबै पार्टीहरु चुनावमा जान तयार छन्। कांग्रेसलगायत सबै पार्टी तयार छन्। तर, वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ। सुरक्षाको व्यवस्था हुनुपर्यो। एमाले पनि तयार छ।’
