रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा ३३ गुणा बढी आवेदन, साढे ५ लाखको हात खाली हुने पक्का

काठमाण्डू, रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आज अन्तिम दिनसम्म ३२.९८ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा ५ लाख ८३ हजार ८९६ जनाले आवेदन दिएका छन् ।

कम्पनीको आइपीओमा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ४ हजार ८०० कित्ताका लागि आवेदन परेको छ ।

जुन यो मागभन्दा झण्डै ३३ गुणा बढी आवेदन हो ।

कम्पनीले पुस ८ गतेदेखि सर्वसाधारणहरुका लागि कुल ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको हो ।

मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

कम्पनीले प्रतिसेयर ८२०.८० रुपैयाँका दरले सेयर निष्कासन गरेको हो, जसमा आवेदकले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीको आइपीओ ५० कित्ताका दरले बाँडफाँड गर्दा जम्मा साढे १८ हजार आवेदकले मात्रै सेयर पाउनेछन् ।

यसर्थमा आवेदन दिएका कुल आवेदकमध्ये ५ लाख ६५ हजार भन्दा बढीको हात खाली हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *