चिया भेटघाट एण्ड किचेन धुम्बाराहीका सञ्चालकले कुटे गायक

काठमाण्डू, चिया भेटघाट एण्ड किचेन धुम्बाराहीका सञ्चालक आकाश श्रेष्ठ र रबीन्द्र श्रेष्ठले गायक सृजन रिमालमाथि आक्रमण गरेका छन् ।

सञ्चालकको आक्रमणबाट गायक गम्भीर घाइते भएका छन् । उनको समाज डेन्टरमा उपचार गरिएको थियो ।

घटनाका बारेमा प्रहरी बृत्त माली गाउँमा उजुरी गरिएपनि प्रहरीले घटनामा संलग्न रहेका दुवै सञ्चालकलाई नियन्त्रणमा लिन सकेको छैन् ।

दुवै सञ्चालक गुण्डागर्दीमा संलग्न हुँदै आएको बताइएको छ । घाइते गायक रिमालले प्रहरीमा लिखित उजुरी दर्ता गरेपछि दुवै सञ्चालक सम्पर्क बिहीन भएका छन् ।

घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते गायकले चलचित्र होस्टलको आधा रातमा उठेको लागायतका चर्चित गीतहरु गाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *