बालेन र कुलमान समूहको छलफल सकियो, रास्वपासँग आजै निर्णायक वार्ता

काठमाण्डू, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङ समूहबीचको वार्ता सकिएको छ ।

प्रमुख साहको सचिवालय स्रोतले दिएको जानकारी अनुसार उनीहरूबीचको वार्ता केही बेर अघि सकिएको हो ।​

अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उनको समूहसँग निर्णायक संवादमा जाने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

बालेन र घिसिङ समूहबीचको संवादमा बालेन समूहले रास्वपासँग भएको संवादबारे जानकारी गराएको थियो ।

साथै बालेनको समूहले रास्वपासँग सहकार्य गर्न सक्ने ‘कन्डिसनबारे पनि घिसिङलाई कन्भिन्स’ गराएको थियो ।

‘यद्यपि के भनेर मेयर साबले बचन दिनुभयो, त्यो आइसकेको छैन । आगामी रोडम्याप र मिलनविन्दूबारे कुरा भएको छ,’ स्रोतले भन्यो ।

घिसिङ समूहसँग संवाद सकिएपछि बालेन समूहले आजै रास्वपासँग संवाद गर्ने तयारी थालेको छ । आजको संवाद निर्णायक हुने सचिवालयको विश्वास छ ।

‘अन्तिम पटक आजै रास्वपा सभापति रवि लामिछानेसँग निर्णायक संवाद हुने छ । भोलि समानुपातिक सूची बुझाउनुपर्ने भएकाले आजै निर्णय हुन्छ ।

आजै नभए सहमतिका प्रयासहरू विफल हुन्छन्, यो संवाद निर्णायक हुने छ,’ स्रोतले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *