सर्लाही प्रहरीले फाँड्यो ९३ बिघा गाँजा

सर्लाही, सर्लाहीका विभिन्न ठाउँमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फँडानी गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार विगत एक साताको अवधिमा लालबन्दी, ईश्वरपुर लगायतका ठाउँमा लगाइएको गाँजा फँडानी गरेर नष्ट गरिएको हो।

यस बीचमा झण्डै ९३ बिघा गाँजा खेती फँडानी गरेर नष्ट गरिएको प्रहरीले जनाएको छ।

गाँजा फँडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या खटिएको छ।

प्रहरीले बर्सेनी बिघौँबिघा जमिनमा गाँजा फँडानी गर्दै आए पनि सर्लाहीमा लुकिछिपी गाँजा लगाउने क्रम भने रोकिएको छैन।

औषधिय गुण भएको गाँजा नेपालमा भने प्रतिबन्ध छ। गाँजालाई वैध गर्ने विषयमा बेलाबेलामा आबाज उठेपनि यो खेतीले नेपालमा मान्यता पाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *