कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

बुधबारबाट शुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

हिजोको बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा सहभागी अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रक्रिया र क्रियाशील सदस्यतासम्बन्धी विषयमा ब्रिफिङ गरेका थिए ।

उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

थापाले अघि सारेको प्रस्तावमाथि नेताहरूको धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *