उपमहासचिवमा ओली प्यानलका रिमाल पराजित, पोखरेल प्यानलका योगेश विजयी

काठमाण्डू, नेकपा एमालेको उपमहासचिवमा केपी ओली पक्षका उम्मेदवार विष्णु रिमाल पराजित भएका छन् । ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई विजयी भएका छन् ।

बिहीबार सम्पन्न ११ औं महाधिवेशनबाट ३ जना उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका हुन् ।

भट्टले १४५२, महासेठले १३६८ र भट्टराईले १३४८ मत प्राप्त गरे ।

चौंथो नम्बरमा परेर पराजित भएका रिमालले १०९१ मत पाए । उनी यसअघि पनि उपमहासचिव थिए ।

रिमाल अध्यक्ष केपी ओलीका प्रिय पात्र हुन् । ओली प्रधानमन्त्री रहेको समयमा उनी प्रमुख राजनीतिक सल्लाहकार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *