एमालेको अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित

काठमाण्डू, केपी ओली तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा विजयी भएका छन् ।

अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २२ सय २७ प्रतिनिधिले मतदान गरेकोमा ओलीले १ हजार ६६३ मत पाउँदा पोखरेलले मात्र ५६४ मत प्राप्त गरे ।

महासचिवमा ओली प्यानलकै शंकर पोखरेल विजयी भएका छन् । पोखरेलले १२२८ मत प्राप्त गर्दा ईश्वर पोखरेल प्यानलका सुरेन्द्र पाण्डेले ९९९ मत पाए ।

मंसिर २७ देखि पुस ३ सम्म चलेको एमालेको ११ औं महाधिवेशनले ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको हो ।

महासचिवमा पनि पोखरेलको यो लगातार दोस्रो कार्यकाल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *