काठमाण्डू, नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान कार्य सकिएको छ ।
बुधबार बिहान करिब सवा ९ बजे सुरु भएको मतदान रातभर सञ्चालन भई बिहीबार बिहानसम्ममा सकिएको हो ।
कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको हो । जसमा ३६ मत भने खसेन। मतदान सकिएलगत्तै मतगणनाको तयारी गरिएको छ ।
एमालेमा ३ सय १ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६ सय ४२ जनाको उम्मेदवारी परेको थियो । जसका लागि ८० वटा विद्युतीय मेसिनमार्फत मतदान भएको थियो ।
पार्टीका आज अनुसार बिहान ११ बजे भृकुटीमण्डपमै निर्वाचन परिणाम घोषणा गरिनेछ भने निर्वाचित नेतृत्वलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रमसमेत सम्पन्न गर्ने तयारी गरिएको छ ।
