कांग्रेसको रिटमा सर्वोच्चले विपक्षीसँग माग्यो प्रतिनिधिसभा विघटनको कारण

काठमाण्डू, प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको रिट निवेदक श्याम घिमिरेले जानकारी दिए ।

इसलासमा प्रधानन्यायाधीशका अलावा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।

​प्रतिनिधिसिभा विघटनअघि कांग्रेसको प्रमुख सचेतक रहेका श्याम घिमिरेसहित ८ पूर्व सांसदले दायर गरेको रिट ‘ज’ नम्बरमा पेशी चढेको थियो ।

सो रिटमा प्ररम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रतिनिधि सभा विघटन निर्णय बदर गर्न माग गर्दै कांग्रेसले मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेको थियो । नेकपा एमाले र अन्य कानून व्यवसायीले दायर गरेका रिट सर्वोच्चमा विचाराधीन छन् ।

भदौ २३–२४ को जेनजी आन्दोलनको बलमा बनेको सरकारले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *