एमाले महाधिवेशनमा पौने १२ सम्ममा ३१५ मत खस्यो, यही गतिमा गए बेलुका ८ बज्ने

काठमाण्डू, नेकपा एमालेको महाधिवेशनमा मध्याह्न पौने १२ बजेसम्ममा ३१५ मत खसेको छ ।

मतदानमा खटिएका प्राविधिक राम रिमालका अनुसार मतदान शुरू भएको २ घण्टामा ३१५ प्रतिनिधिले भोट खसालेका हुन् ।

यही रेसियोमा मतदान भए बेलुका ८ बजेसम्म लाग्ने उनले जानकारी दिए ।

एमालेमा वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा आउन प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षमा ओली हावी देखिए पनि महासचिवमा ओली पक्षका शंकर पोखरेल र ईश्वर पक्षका सुरेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अध्यक्षका प्रत्यासीद्वय ओली र पोखरेल दुवैले मतदान गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *