सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाण्डू, साताको पहिलो कारोबारका दिन सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २२ सयले वृद्धि भएको हो ।

अघिल्लो दिन २ लाख ५६ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज २२ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले घटेर ३८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *