Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलको फाइनल आज, पहिलो उपाधि यात्रामा लुम्बिनी र सुदूरपश्चिम

- shuvadmin / शनिबार, मङि्सर २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रमियर लिग (एनपीएल) ले आज दोस्रो संस्करणको विजेता पाउँदै छ।

पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई हराएर जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो।

तर, यो पटक सुदुरपश्चिम लगातार दोस्रो पटक फाइनलमा पुग्दै पहिलो उपाधिको खोजिमा रहँदा औषत प्रदर्शनका बाबजुत फाइनल पुगेको लुम्बिनी लायन्स पहिलो फाइनल यात्राबाटै उपाधि चुम्ने प्रयास गर्ने छ।

प्रतियोगिताका ३१ खेल सकिदा बहुप्रतिक्षित फाइनल खेल आज दिउँसो ३स्३० देखी शुरु हुँदै छ।

प्रतियोगितामा लिगचरणमा २८ खेल हुँदा प्लेअफमा ३ खेल सकिसकेका छन्। अब फाइनल प्रतिस्पर्धा बहुप्रतिक्षित बनेको छ।

दोस्ररो क्वालिफायरमा कमजोर स्कोर जोगाएर उपाधि होडमा पुगेको लुम्बिनीलाई भाग्यमानि मानिन्दा सुदूरपश्चिम भने प्रतियोगिताभरमा केवल समूहचरणको एकमात्र हारको स्वाद चाखेको छ।

त्यसैले जितको बानीलाइ फाइनलमा पनि निरन्तरता दिने प्रयास गर्ने छ।

प्रतियोगिताको फाइनल सम्मको यात्रामा सुदुरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाइ ७७ रनले हराउँदा लुम्बिनीले भने इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेट तथा दोस्रो क्वालिफायरमा विराटनगरलाइ ४० रनले पराजित गर्दै फाइनल पुग्न सफल भयो। लुम्बिनी समग्रमा पछिल्लो ५ खेलमा अपराजित रहेर फाइनल पुगेको छ। सुदुरपश्चिमले भने लिगचरणको अन्तिम खेलमा विराटनगर सँग पराजित भएको थियो। त्यसपछि पहिलो क्वालिफायर जित्न सफल भएर फाइनल पुग्यो।

समग्रमा लुम्बिनी खराब सुरुवातका बाबजुत सानदार पुनरागमन गरेर फाइनल सम्म पुग्यो।

कप्तान रोहित पौडेलको सुझबुझपूर्ण प्रदर्शन लुम्बिनीका लागि लाभदायक रहेको छ। रोहितले कुल ९ इनिङमा २ सय ६० रन बनाएका छन्।

त्यस्तै उनले बलिङ तर्फ पनि टिममा योगदान दिंदै प्लेयर अफ द टुर्नामेन्टको सर्वाधिक अब्बल प्रमाणित गरेका छन्।

बलिङ तर्फ रोहितले ९ मध्ये ४ इनिङबाट ७ विकेट लिएका छन्।

अर्को तर्फ सुदुरपश्चिमलाइ फाइनल सम्म पुर्याउन बिनोद भण्डारीको प्रदर्शन उच्च रह्यो।

उनले आफ्नो ब्याटबाट २ अर्धशतक सहित २ सय ६४ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा छन्।

फाइनलमा उनले फेरी एकपटक प्रभाव देखाउन सकेमा उनी पनि प्लेयअर अफ द टुर्नामेन्टका लागि दाबेदार बनेका छन्।

एकप्रकारले उत्कृष्ट प्रदर्शन गरिरहेका रोहित र विनोदको भिडन्तका रुपमा समेत यो खेललाई लिन सकिन्छ।

फाइनलमा यि दुइ खेलाडी मध्ये कुनै एक निर्णायक बनेको खण्डमा स्वभाविक रुपमा कार पुरस्कारका लाग समेत पहिलो हकदार बन्ने छन्।

त्यसोत शुरुवातबाटै उत्कृष्ट समर्थकको साथ पाउँदै आएको सुदुरपश्चिमको फाइनल सम्मको यात्रामा समर्थकको साथ संधै उत्कृष्ट रह्यो।

अझ फाइनलको टिकट खुलेको केही घन्टामै सोल्डआउट हुँदा दर्शकले मैदान भरिने अपेक्षा गरिएको छ।

तर, पहिलो पटक विजेता बन्ने ध्याउनमा रहेका दुबै टिम एनपिएलमा आफ्नो नाममा नयाँ इतिहास बनाउने प्रयास गर्दा स्वभाविक रुपमा फाइनलले सबैको ध्यान खिच्ने छ।

Page Views: 24
संबन्धित शिर्षकहरु
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन
ताजा अपडेट
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार
  • गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama