काठमाडौं, नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पदका लागि आकांक्षा राख्नेहरुको संख्या बढ्दो छ ।
अहिलेसम्म केन्द्रीय तहमा पुग्ने अवसर नपाएकामध्येका एक हुन एलपी सावा लिम्बू अर्थात लालप्रसाद ।
दुई पटकसम्म संघीय संसदको चुनाव जितेका एमाले नेता एलपी सावा लिम्बू यसपटक भने केन्द्रीय सदस्य बनेर पार्टी राजनीतिलाई उचाइमा पु¥याउे योजनामा छन् ।
उनको उमेद्वारीले पार्टीमा युवा प्रतिनिधित्व र क्षेत्रीय समावेशीताको पक्षमा नयाँ बहस थप्ने अपेक्षा गरिएको छ ।
पार्टीले यसअघि दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्दै आएका लिम्बुले यस पटक भने केन्द्रीय कमिटीको उम्मेद्वारी दिने योजना बनाएका छन् ।
२०३६ सालमा विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीति शुरु गरेका लिम्बू अहिले कोशी प्रदेश कमिटी सचिवालय सदस्य छन् ।
राजनीतिलाई सेवा ठान्ने लिम्बू शुरुवाती चरणदेखि नै व्यवसायमा आबद्ध छन् ।
उनी भन्छन्– व्यवसाय नभए कसरी जनतालाई सारो गारो पर्दा सहयोग गर्ने ? पार्टीको जनसंगठनका रुपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको नेतृत्व गरिसकेका लिम्बू उर्जा क्षेत्रमा सक्रिय छन् ।
सावा लिम्बू झापा क्षेत्रनम्बर ४ बाट दुई पटकसम्म प्रतिनिधि सभाको निर्वाचन जितेर पनि अहिलेसम्म मन्त्री बन्ने अवसर नपाएका एमालेका एक दुर्लभ नेता पनि हुन् ।
व्यक्तिगत आकांक्षालाई प्राथमिकता नदिएकैले उनी मन्त्री नभएको एमालेकै नेताहरुको भनाई छ ।
लाभ र अवसरकालागि दौडधुप नरुचाउने लिम्बू राजनीतिमा पद भन्दा पनि जनताको विश्वास आर्जनका लागि काम गनुपर्ने बताउछन् ।
महाधिवेशनको प्रतिनिधि छनौटमा भएको चुनावमा कार्यकर्ताको अत्याधिक मत लिएर लिम्बू अहिले काठमार्डौ अधिवेशनमा केन्द्रित भएका छन् ।
व्यक्तिगत जीवन र निजी स्वार्थभन्दा माथि उठेर निरन्तर जनताको सेवामा समर्पित भएकै कारण जनतामाझ लोकप्रिय बन्नु भएका साँवा सबैभन्दा बढी जनताको घर दैलोमा पुग्ने सांसदको रुपमा परिचित छन् ।
जनताका दुःख नै आफ्ना दुःख मान्ने लिम्बू झापा क्षेत्र नं ४ लाई नेपालकै उत्कृष्ट क्षेत्रको रुपमा चिनाउन तल्लिन छन् ।
डाक्टर बन्न हिँडेको लाहुरेको छोरो अहिले राजनीतिमा लागेर झापाली जनताको दुख सुखको सारथी बनेर हिँडिरहेका छन् ।
