काठमाण्डू, पूर्वराष्ट्रपति विद्या भण्डारीले आज नयाँबानेश्वरस्थित जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संघीय संसद भवनको अवलोकन गरेकी छन्।
भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा संसद भवन परिसरमा आगजनी र तोडफोड भएको थियो।
उक्त क्षतिग्रस्त संरचनाको अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी आज संसद भवन पुगेकी हुन्।
अवलोकनका क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल पनि उपस्थित थिए।
उनीहरूले पूर्वराष्ट्रपति भण्डारीलाई क्षतिको विवरण, सुरक्षासम्बन्धी पृष्ठभूमि तथा पुनर्निर्माणबारे आवश्यक जानकारी दिएका थिए।
