आज पनि बढ्यो सुन-चाँदीको मूल्य

काठमाण्डू, बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य तीन हजार ८०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ७५० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *