काठमाण्डू, सेफ्स एशोसिएशन अफ नेपालद्वारा आयोजना गरिएको सम्मान तथा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली पर्यटन, क्षेत्र प्रयोग कृषिजन्य उत्पादन, होटल–रेस्टुरेन्ट क्षेत्र तथा कुकरी क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्दै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
नेपाली पर्यटन क्षेत्रको नेतृत्व र निरन्तर योगदानको कदर गर्दै आएका होटल एसोसिएशन अफ नेपालका अध्यक्ष विनायक शाहलाई एशोसिएशनले विशेष सम्मान प्रदानसमेत गरेको थियो ।
त्यसैगरीरेवान एसोसिएसनका अध्यक्ष संर्घर्ष बिष्टलाई करिबतीन दशकदेखि नेपाली र विदेशी पर्यटन सेवा प्रवर्द्धन, तथा बसोबास सेवामा पुर्या इरहेको योगदानको लागि सम्मानपत्र प्रदान गरियो।
कार्यक्रममा ग्रीन नेपाल एग्रो प्रालिले उत्पादन गर्ने नेपाली घरेलु तथा किचनमा प्रयोग हुने सामानहरूको निरीक्षण तथा भ्रमणपछि, सेफ्स एशोसिएशन अफ नेपालले उनीहरूलाई सन्तुष्ट जनाउँदै सिफारिस पत्र प्रदान गरेको पनि घोषणा गरियो।
नेपालका पहिलो फाइभ–स्टार शेफ मानिने श्री गोविन्द नरसिंह के.सी. लाई सुवर्ण पदक तथा लिजेण्डरी अवार्ड प्रदान गरी सम्मानित गरिएको थियो ।
यस्तै नेपाली कुकरी क्षेत्रमा दीर्घ अनुभव र योगदान पुर्याडउँदै आएका मास्टर सेफ श्री श्यामबहादुर तामाङलाई Legendary Chef Honor प्रदान गरिएको थियो।
कार्यक्रममा सेफ्स एशोसिएशन अफ नेपालका संस्थापक अध्यक्ष, नेपाली सेफ्स समुदायका मार्गदर्शक मानिने “Father of Chefs पुस्प थापा मगरलाई विशेष सम्मान पदक अर्पण गरियो।
सेफ्स एशोसिएशन अफ नेपालको भवन निर्माण परिकल्पना र आधार तयार गर्न योगदान पुर्यासएका संस्थापक अध्यक्ष श्री कृष्ण लामालाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
सेफ्सको आफ्नै भवन” निर्माणका सपनालाई मूर्त रूप दिन उनले पुयाएको योगदानको कदर गर्दै पदक प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न विधा र होटल–रेस्टुरेन्ट क्षेत्रमा कार्यरत सेफहरूलाई पनि सम्मान गरियो। सम्मानले सेफ समुदायमा नयाँ ऊर्जा, उत्साह र पेशागत दृढता थप्ने अपेक्षा एशोसिएशनले व्यक्त गरेको छ।
कार्यक्रमको अध्यक्षता सेफ्स एशोसिएशन अफ नेपालका अध्यक्ष रेशम कुमार लामाले गरेका थिए।
