भन्सार एजेन्ट महासंघले फिर्ता लियो पेनडाउन आन्दोलन

काठमाण्डू, भन्सार एजेन्ट महासंघले पेनडाउन आन्दोलन फिर्ता लिने घोषणा गरेको छ । महासंले राखेका प्रमुख मागहरु सम्बोधन हुने सहमति बनेपछि आन्दोलन रोक्ने निर्णय गरिएको हो ।

भन्सार विभाग र भन्सार एजेन्ट महासंघ नेपालबीच मंसिर २३ गते भएको छलफल सकारात्मक बनेपछि महासंघले देशभरका भन्सार कार्यालयमा जारी विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष प्राचीनकुमार थैबका अनुसार विभागले महासंघका माग सम्बोधन गर्ने सहमति जनाएपछि पेन डाउन कार्यक्रम फिर्ता लिइएको हो ।

उनले आन्दोलनमा साथ दिने उद्योग व्यवसायी संघ संस्था, महासंघमा आबद्ध भन्सार एजेन्ट संघ तथा सम्पूर्ण भन्सार एजेन्टहरूलाई आभार व्यक्त गरे ।

माघ २३ देखि शुरु भएको पेन डाउनका कारण भन्सार प्रक्रियामा अवरोध भएको थियो । छलफल सफल भएपछि भन्सार कार्यालयहरूमा नियमित कार्य सुचारु भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *