पोखरा विमास्थल निर्माणमा अनियमिततको अभियोगमा पाँच मन्त्री, तीन महानिर्देशकसहित ५५ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै तात्कालीन पाँच जना मन्त्री, नागरिक उड्यन प्राधिकरणका तीन जना महानिर्देशकसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले पर्यटन मन्त्रालय सम्हालेका चारजना मन्त्री, अर्थमन्त्री, थुप्रै कर्मचारीविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

आयोगका अनुसार पूर्वपर्यटनमन्त्रीहरु बाहदुर बोगटी, रामकुमार श्रेष्ठ, भीम प्रसाद आचार्य र दिपकचन्द्र अमात्यलाई प्रतिवादी बनाइएको छ।

जसमा बोगटीको निधन भइसकेको छ। त्यस्तै तत्कालीन अर्थ मन्त्री राम शरण महतविरुद्ध पनि ८ अर्ब घोटाला प्रकरणमा संलग्न रहेको भन्दै प्रतिवादी बनाइएको अख्तियारका साहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका तात्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन र प्रदीप अधिकारीलाई प्रतिवादी बनाएको छ।

भक्तपुरमा हेलिप्याड निर्माणका क्रममा केही दिनअघि मात्रै मुद्दा लागेर अधिकारी आयोगको थुनामै रहेको अवस्थामा अर्को मुद्दा दायर गरिएको हो।

संसद्को सार्वजनिक लेखा समितिले राजेन्द्र लिङ्देनको नेतृत्वमा गठित उपसमितिले दिएको प्रतिवेदनका आधारमा जेठ ९ गते विमानस्थल निर्माणका क्रममा अनियमितता देखिएको ठहर गर्दै विस्तृत छानबिन गर्न निर्देशन दिएको थियो।

चीनको ऋणमा निर्माण भएको विमानस्थलमा भएको भ्रष्टाचारबारे छानबिन गर्दा दुई देशको सम्बन्धनलाई नै असर पर्ने भन्दै आयोगले ‘होल्ड’ गर्दै आएको थियो।

चिनियाँ पक्ष पनि छानबिनको दायरामा आउने भएपछि पूर्ववर्ती सरकारहरुले छानबिनमा रुचि देखाएको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *