रामेछाप, रामेछापको सुनापति गाृउँपालिका वडा नं ३ सुनापति डाडाँमा शिवको मूर्ति उद्घाटन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव मुकुन्दप्रसाद निरौलाले मूर्तिको उदघाट्न गरेका हुन् ।
मुख अतिथि सचिव निरौलाले आन्तरिक तथा बाह् पर्यटकको आवागमन बढाउन पूर्वाधार र प्रचार प्रसारमा जोड दिनुपर्ने बताए ।
सचिव निरौलाले सुनापतिमा भएका पर्यटकीय गन्तब्यको पहिचान गरी प्राथमिकता निर्धारण गर्न सुझाए ।

मन्त्रालयमा सीमित साधन र स्रोत भएपनि प्राथमिकतानका आधारमा पालिकाको पर्यटन प्रर्वधनमा सहयोग गर्न बचन दिएका सचिव निरौलाले अधुरा र अपूरा पूर्वाधार निर्माणमा बजेट थपका लागि पहल गर्ने स्पष्ट पारे ।
तीनै तहको सरकार मिलेर काम गर्नु पर्ने भन्दै सचिव निरौलाले सुनापतिलाई सुनापाथि बनाृउन जनप्रतिनिधिलाई सुझाए ।
सुनापति गाउँपालिकाका अध्यक्ष सानूकान्छा तामाङले पालिकामा भएका पर्यटकीय सम्भावना भएका स्थानको जिर्णैद्वार र मर्मतका लागि पालिकाको बजेट पर्याप्त नभएर धेरै योजना अपूरा रहेको बताए ।
अध्यक्ष तामाङले अपूरा योजना सम्पन्न गर्नका लागि केन्द्र र प्रदेश सरकारको ढोका पपटक पटक चहारे पनि सुनुवाइ नभएको गुनासो गरे ।
उनले भने, ‘केन्द्र र प्रदेश सरकारका मान्छे भेटदा जुत्ता फाटे, गाडीको इन्धन डडो तर, सुनसवाइ भएन । स्थानीय तहका जनप्रतिनिधिलाई केन्द्र र प्रदेशले पत्याएनन् । ‘

पालिकामा उत्पादित बस्तु गुणूतरीय सडकको अभावले समयमा बजार लान नसक्दा कुहिने अवस्था रहेको भन्दै अध्यक्ष तामाङले पर्यटन सचिव मार्फत स्तानीय जनप्रतिनिधिका पनि कुरा सुनिदिन आग्रह गरे ।
स्तानीय स्तरमा उत्पादित बस्तुको प्रर्वधन गर्न नपाउँदा उत्पादक पनि निराश भएको गुनासो अध्यक्ष तामाङको थियो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सूर्य थपलियाले पालिकालाई पर्यटनसित जोडन आग्रह गरे ।
पर्यटकको बसाई लम्ब्याउनु पर्नेमा जोड दिएका वरिष्ठ निर्देशक थपलियाले भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने बताए ।
देशको अर्थतन्त्रको मुख्य सा्रेत नै पर्यटन क्षेत्र भएकोले प्रतिफल आउने गरी काम गर्न पालिकाका जनप्रतिनिधिलाई आग्रह गरे ।
पर्यटन सम्बन्धि योजना बनाउँदा परिणममूखी बनाउनु पर्ने भन्दै वरिष्ठ अधिकृत थपलियाले पर्यटन प्रर्वधनमा बोर्ड स्थानीय निकायसँग हातेमालो गरेर अघि बढन सधैं अतथार रहेको स्पष्ट पारे ।

डेनर्माकका लागि नेपालका अवैतानिक राजदूत हरि धरेलले पालिकाले पालिकाका पर्यटकीय क्षेत्रमा प्लाष्टिक निषेध गर्न आग्रह गरे ।
पालिका क्षेत्रमा पर्यटक सूचना केन्द्र राख्न सुझाव दिएका अवैतानिक राजदूत धरेलले परम्परागत शैलीलाई नै प्रोत्साहन गर्न सुझाए ।
टानका कार्यसमिमति सदस्य अमिर गुरुअ मिर गुरुङले सुनापति क्षेत्र आन्तरिक था बाह् पर्यटकका लागि आर्कषक गन्तब्य बन्ने बताए ।
यस क्षेत्रमा रहेका लहरे माने, शिवको मूर्ति र बन्दै गएको मच्छिन्द्र नाथको मन्दिरले पर्यटकको मन लोभ्याउने बताए ।
तामाङ बस्तिमा शिवको मूर्ति बन्नु धार्मिक सहिष्ण्ताको अनुपम उदाहरण भन्दै सदस्य गुरुङले सुनापति डाँडालाई वरिपरिबाट हिमालले स्वागत गरेको बताए ।
तानको तर्फबाट पर्यटन प्रर्वधनका लागि पालिकालाई सक्दो सहयोग गर्ने बचन दिएका गुरुङले अब हिमाल भन्दा पनि बाह्य पर्यटका लागि धर्म र संस्कृति बेच्नु पर्नेमा जोड दिए ।

पर्यटन ब्यावसायी तथा अल्टिच्युड एयरका सन्चालक राम सापकोटा सुनापति गाउँ सुन फल्ने भएकोले ट्रेकिङ ट्रायल गराउने बताए ।
पूर्वाधार निर्माणमा नै जोड दिएका ब्यावसायी सापकोटाले पर्यटकका लागि बस्न स्तरीय होटल निर्माण गराउन आग्रह गरे ।
वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङले स्वागत मनतब्य राखेको कार्यक्रममा पर्यटन सचिव मार्फत अधुरा पूर्वाधार निर्माणका लागि बजेट माग गरेका थिए ।
प्रमुअ अतिथि सचिव निरौतााले पानसमा बत्ति बालेर उदघाटन गरेको कार्यक्रममा मूर्ति निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो भने प्रमुख अतिथि र अन्य अतिथिलाई पालिकाको तर्फबाट अध्यक्ष तामाङले माययाको चिनो प्रदान गरेका थिए । शिवको मूति ३५ फिट लामो रहेको छ ।
