अंशु गौतम हत्या प्रकरणमा ५९ वर्षीय छिमेकी पक्राउ, घाँस काट्न सहयोग गर भन्दै बोलाएका थिए जंगला

विराटनगर, मोरङको लेटाङ नगरपालिका २ की १३ वर्षीया अंशु गौतमको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै छिमेकीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पत्रकार सम्मेलन गरी हत्या र बलात्कारका आरोपी स्थानीय ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

अधिकारीमाथि ज्यानसम्बन्धी कसुर र करणीसम्बन्धी कसुरमा जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए ।

प्रहरीका अनुसार अभियुक्तले मृतक अंशुलाई २१ गते दिउँसो खेलिरहेको अवस्थामा भेटेका थिए ।

उनीसँगै खेलिरहेकी साथीलाई पैसा दिएर अंशुलाई घाँस काट्न सहयोग गर भन्दै जंगलको मुखसम्म बोलाएको खुलेको छ ।

त्यहाँसम्म साइकलमा पुगेकी अंशुलाई ती व्यक्तिले साइकलको पछाडि राखेर साढे ४ किलोमिटर भित्रसम्म पुर्‍याई बलात्कार गरेको अनुसन्धानबाट खुलेको एसपी कटुवालले बताए ।

बलात्कारकै मोटिभले घटना घटाएको र बलात्कार पछि घाँटी थिचेर हत्या गरी पछि हँसियाले घाटी काटेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *