प्रभु बैैँक घोटाला प्रकरणमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पनि समातिए

काठमाण्डू, प्रभु बैँक कर्जा घोटाला प्रकरणमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पनि पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई बुधबार ललितपुरको जावलाखेल, भनिमण्डलबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

केही दिनअघि सिआइबी टोलीले पक्राउ गरेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनबारे अनुसन्धान गरिरहेको टिमले उनलाई सोही अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो।

सिआइबीले सिइओ शेरचनसहित ३ जनालाई पक्राउ गरेको थियो।

कर्जा र रेमिट्यान्स रकम घोटालामा पक्राउ परेका प्रभु म्यानेजमेन्टका संस्थापक देवीप्रकाश भट्टचनकै मुद्दामा शेरचनसहित तीन अधिकारी र अहिले आएर गुण समूहका अध्यक्ष शाक्य पक्राउ परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *