सेयर बजारमा फैलाइएको हल्लाजस्तो आएन मौद्रिक समीक्षा, संस्थागत र व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अब समान

काठमाण्डू, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक सार्वजनिक गरेको छ ।

समीक्षामा सेयर बजारमा हल्ला फैलाइएकोजस्तो कुनै पनि व्यवस्था भएन । केही व्यक्ति तथा समूहहरुले नियोजित रुपमा फैलाएका हल्लाभन्दा बाहिर रहेर राष्ट्रबैंकले मौद्रिक नीतिको समीक्षा गरेको देखिएको छ ।

राष्ट्रबैंकले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरेको छ ।

ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएको छ ।

यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत राखिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दूले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिदिएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष (Personal Overdraft)  कर्जाको विद्यमान सीमा रु.५० लाखबाट वृद्धि गरी रु.१ करोड कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *