काठमाण्डू, साउदी अरेबियाको रियादमा नेपाली सेफ विक्रम वैद्य एक अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् ।
३१औँ अन्तर्राष्ट्रिय गौरमान्ड अवार्डमा ‘द मिस्टिक किचेन्स अफ नेपाल’ पुस्तकमार्फत् सम्मान जितेका हुन् ।
विश्वकै उत्कृष्ट फुड टुरिजम कुकबुकको सम्मान जीत हासिल गरेका हुन् ।
विश्वभरका खाना तथा पेयसम्बन्धी पुस्तकलाई मूल्यांकन गर्दै यो अवार्ड प्रदान गर्ने गरिन्छ ।
अवार्ड समारोहमा करिब २० देशका लेखक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वैद्यको पुस्तकमा नेपालको प्राचिन खाना, संस्कृति, गहिरो अनुसन्धानसहित लेखिएको ठहर गर्दै सम्मान गरिएको थियो ।
वैद्यले आफ्नो १६ वर्षको यात्रामा प्रत्यक्ष भोगेका अनुभव, परम्परागत रेसिपी, पाककला परम्परा, खानाका मार्ग समेटिएको छ ।
सम्मानित भएपछि सेफ वैद्यले व्यक्तिगत सफलताभन्दा पनि सम्पूर्ण नेपालीको सम्पदा र कथालाई सम्मानित बनाउने अवसर भएको प्रतिक्रिया दिए ।
