Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साताको अन्तिम कारोबार नेप्से परिसूचक २ हजार ६७६ विन्दूमा

- shuvadmin / बिहिबार, मङि्सर १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सेयरबजारको वृद्धि आजपनि जारी रहेको छ । यससँगै यो साताभर पाचै दिन सेयरबजार बढ्यो ।

साताको अन्तिम कारोबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३९ प्रतिशत अर्थात १०.४३ अंकले बढेर २ हजार ६७६.०३ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५२ प्रतिशतले बढेर ४६१.६१ विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको कारोबार अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो दिन भने ६ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो ।

आज बैंकिङ समूह सर्वाधिक अर्थात १.४७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.१७, होटल ०.३३, हाईड्रो ०.०१, लगानी ०.७२, जीवन बीमा ०.१४, म्युचुअल फण्ड ०.७८ र निर्जीवन बीमा ०.०८ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.३८ प्रतिशतले घट्यो ।

यस्तै उत्पादन तथा प्रशोधन ०.२६, लघुवित्त ०.३५, अन्य ०.०५ र व्यापार समूह ०.१४ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४० करोड १७ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै ङादी ग्रुप पावरको १६ करोड ३६ लाख, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ९७ लाख, सिईडिबी होल्डिङको १५ करोड ७८ लाख र युनाइटेड मोदी हाईड्रोको १४ करोड ५० लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, झापा इनर्जी, श्रीनगर एग्रोटेक,स्वस्तिक लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै आज हिमाल दोलखा हाईड्रोको सेयरमूल्य ५.८१ प्रतिशत, ओम मेगा श्री फर्मास्युटिकल्सको ५.७७ र गणपति लघुवित्तको सेयरमूल्य ५.६० प्रतिशतले बढ्यो ।

यो दिन हिमस्टार उर्जाको सेयरमूल्य सर्वाधिक अर्थात ७.७८ प्रतिशतले घट्यो ।

यस्तै फर्स्ट माईक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य ७.७८ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ४.१६ प्रतिशतले घट्यो ।

Page Views: 35
संबन्धित शिर्षकहरु
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे
शिखर पावर डेभलपमेन्टको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
ताजा अपडेट
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
  • उपभोक्ता समिति हटाउने प्रस्तावले साना विकास योजनामाथि खतरा: स्थानीय सहभागिता र रोजगारीमा असर पर्ने चिन्ता
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama