कांग्रेस समितिको बैठक आज, महाधिवेशन मितिमा मतभेद समाधान गर्न पहल गरिने

काठमाण्डू, नेपाली कांग्रेसको पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ।

असोज २८ गतेदेखि जारी बैठकमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा देखिएको विवाद समाधानका लागि अनौपचारिक छलफल चलिरहेको छ।

महामन्त्री गगन थापाले पुस १६–१९ मा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० को तारिख प्रस्ताव गरेका छन्।

यी दुई प्रस्तावलाई क्रमशः इतर समूह र संस्थापन समूहले समर्थन गरेपछि विवाद चर्किएको हो।

विवाद मिलाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय थापा र शर्मा तथा अन्य शीर्ष नेताहरू मध्यमार्गी विकल्प खोज्न जुटिरहेका छन्।

आज दिउँसोभित्र सहमतिको नयाँ प्रस्ताव आउन सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *