दुर्गा प्रसाईंलाई तत्काल छाड्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल छाड्न सरकारसँग माग गरेका छन् । बोलेबापत प्रसाईंलाई सरकारले थुनेको उनले बताए ।

एमाले स्थानीय विकास विभागले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले प्रसाईंलाई तत्काल छाड्न आग्रह गरेका हुन् ।

‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्त छाड्नुस्, बोल्नै नपाइने पनि हुन्छ ?’ ओलीले भने ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २४ गतेको आन्दोलन भड्काउने काम गरेको दाबीसहित प्रसाईंले भिडियो सार्वजसनिक गरेका थिए ।

त्यसपछि प्रसाईं सोमबार राति पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *