एकै दिन ३८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डू, नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा झरेको छ ।

यो मूल्य सोमबारभन्दा प्रतितोला ३ हजार ८ सय रुपैयाँले कम हो ।

चाँदीको मूल्यमा पनि कमी आएको छ। हिजो प्रतितोला ३ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३ हजार ९० रुपैयाँमा झरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *