कर्णालीद्वारा चितवनलाई १ सय ६७ रनको लक्ष्य

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६६ रन बनायो।

कर्णालीले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्ने क्रममा उसका लागि ओपनर प्रियन्का पञ्चलले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९० रनको इनिङ खेल्दा म्याक्स ओड्वाडले २० रन बनाए।

त्यस्तै मार्क वाटले १६ रन बनाउँदा पवन सर्राफ २७ रनमा अविजित रहँदा उनलाई नजबुल्लाह जाद्रनले ४ रन बनाएर साथ दिए।

चितवनका लागि सोहिल ननविर, साइफ जाइव र रभि वोपराले समान १/१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *