काठमाण्डू, मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।
पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’का संयोजक प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी भइरहेको छ।
प्रसाईंलाई सोमबार मध्यरातमा भक्तपुरस्थित उनकै घरबाट जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
