मक्काबाट मदीना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ भारतीयको मृत्यु

एजेन्सी, साउदी अरबमा मक्काबाट मदीना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीयको मृत्यु भएको छ ।

एनडीटीभीकाअनुसार सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा २० महिला र ११ बालबालिकासमेत छन् ।

मक्काबाट मदिना जाँदै गर्दा स्थानीय समयअनुसार सोमबार बिहान १:३० बजेतिर मुफ्रीहाट नजिकै डिजेल ट्याङ्करसँग बस ठोक्किएको खलीज टाइम्सले जनाएको छ ।

गल्फ न्यूजको रिपोर्टअनुसार धेरै यात्रुहरू त्यतिबेला निदाइरहेका थिए । जसले गर्दा बस ठोक्किएपछि आगो लाग्दा यात्रुहरूले भाग्ने मौका पाएनन् ।

उद्धार टोलीहरूले बस पूर्ण रूपमा जलेको बताएका छन्, जसले गर्दा पीडितहरूको पहिचान गर्न अत्यन्तै गाह्रो भएको छ ।

तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ ।

राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरूलाई दूतावाससँग समन्वय गरेर पीडितहरूको पहिचान र अन्य औपचारिकताहरूमा सहयोग गर्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *