आजका लागि तय गरिएको कांग्रेस केन्द्रीय समिति बैठक ४ गतेलाई सारियो

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ । अब बैठक मंसिर ४ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी।पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने भएको छ ।’

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बहस जारी छ । यो बहसकाबीच कांग्रेसले निर्णय लिन सकेको छैन ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २८ बाट सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *