सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशत बढ्यो, तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब

काठमाण्डू, आर्थिक वर्षको तीन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३५.४ प्रतिशत वृद्धि भएको छ।

साउनदेखि असोजसम्म पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११।९ प्रतिशत बढेको छ।

गत असोजमा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *